ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने

काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो । उर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो । यस फण्डले जलविद्युत परियोजनाहरू, सौर्य परियोजनाहरू, र अफ(ग्रिड सौर्य परियोजनाहरू (रुफटप सोलार प्लान्टहरू) मा लगानी गर्नेछ । ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले उर्जा इम्प्याक्ट फण्डमा कोष प्रबन्धको रुपमा रहेर स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आईएफसी र एडिबि जस्ता संस्थामार्फत् फण्ड संकलन गर्नेछ । नवीकरणीय ऊर्जा विकास नेपालको लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्यहरू पूरा गर्नका लागि आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले बताए । उनका अनुसार उर्जा डेभलपर्ससँगको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाहरूको वित्तपोषणलाई उत्प्रेरित गर्न, निम्न समुदायहरूको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवद्र्धन गर्न अति आवश्यक पूँजी उपलब्ध गराएर स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । जसले विभिन्न आकार र फोकसका कोषहरू चलाउँदै आएको छ । उर्जा डेभलपर्स कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रका लागि समाधान प्रदायक कम्पनी हो । जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गन

बेष्ट फाइनान्सको ब्याज आम्दानी साढे १३ करोड रुपैयाँ, निक्षेप १५.७० प्रतिशत बढ्यो

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.३९ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १२ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ३.१२ प्रतिशत बढेर ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ, जगेडा कोष ५.२७ प्रतिशत घटेर ५३ करोड २९ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन १५.७० प्रतिशत बढेर ४ अर्ब १७ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी १२.३२ प्रतिशत बढेर ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ पुगेको छ । गत असारसम्म फाइनान्सको खुद नाफा ७६.८७ प्रतिशत घटेर ३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको कूल सञ्चालन आम्दानी १६ प्रतिशत बढेर २३ करोड ५ लाख रुपैयाँ, सञ्चालन नाफा ७३.३३ प्रतिशत घटेर ५ करोड ५८ लाख रुपैयाँ र वितरणयोग्य नाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी ४.५२ रुपैयाँ रहेको छ । यस्तै, फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३९.७१ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३० प्रतिशत पुगेको छ । फाइनान्सको आधार दर १४.९९ प्रतिशत, कस्ट अफ फण्ड १०.७५ प्रतिशत सीडी रेसियो ८२.४४ प्रतिशत र स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ ।

सपोर्ट लघुवित्तले एनपीएल ह्वात्तै घटाउँदा १३२ प्रतिशत बढ्यो नाफा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १३२.२३ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९७ लाख रुपैयाँ खुद आर्जन गरेको थियो । लघुवित्तले गत वर्ष खराब कर्जा (एनपीएल) ह्वात्तै घटाएपछि नाफा बढ्न पुगेको हो । लघुवित्तको खराब कर्जा ६.७३ प्रतिशत घटेर १.८३ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ८.५६ प्रतिशत थियो । गत आर्थिक वर्षको असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँ, सञ्चालन नाफा ४२ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ, जगेडा कोष ७३.७७ प्रतिशत बढेर ५ करोड २० लाख रुपैयाँ, निक्षेप १२.६१ प्रतिशत बढेर ३० करोड ३३ लाख रुपैयाँ, सापटि ११.५१ प्रतिशत बढेर १ अर्ब ६ करोड १९ लाख रुपैयाँ र कर्जा लगानी ११.९३ प्रतिशत बढेर १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५.४४ रुपैयाँबाट घटेर २.८१ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ ।