गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुग्यो, ईपीएस ९.६२ रुपैयाँ

<p>काठमाडौं । गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुगेको छ । फाइनान्सको गत असारसम्म जगेडा कोष १ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष जगेडा कोष १ अर्ब २ करोड ५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ । फाइनान्सले [&hellip;]</p>

काठमाडौं । गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुगेको छ । फाइनान्सको गत असारसम्म जगेडा कोष १ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष जगेडा कोष १ अर्ब २ करोड ५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सले गत वर्ष ९ करोड १० लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १४ करोड ६६ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म फाइनान्सले खुद ब्याज आम्दानी ३३ करोड ५८ लाख ५६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सले ३१ करोड ७८ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

गत वर्ष फाइनान्सले ११ अर्ब ४७ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

तथ्याङ्क अनुसार फाइनान्सको वितरणयोग्य नाफा १ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ रहेको छ ।

गत वर्ष खराब कर्जा २.६४ प्रतिशतबाट बढेर ४.०८ प्रतिशत पुगेको छ । फाइनान्सको आधार दर १२.५२ प्रतिशत, स्प्रेडदर ४.५९ प्रतिशत, कस्ट अफ फण्ड १०.६८ प्रतिशत र सीडी रेसियो ८३.३८ प्रतिशत रहेको छ ।

Share News