कामना सेवा र पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्झौता, शुल्क एक लाखमात्रै
काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेका छन् । उक्त सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको इन्ष्टा फण्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर (फण्ड ट्रान्सफर) गर्दा सेवा शुल्क वापत मात्र एक लाख रुपैयाँ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदखि लागू भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
दावी भुक्तानीमा प्रतिबद्ध बन्दै सलिको, बीमितलाई भुक्तानी गर्यो १ करोड ३२ लाख रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारी अर्थात बीमितलाई सो रकम भुक्तानी गरेको हो । कम्पनीले गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई उक्त रकम भुक्तानी गरेको हो ।
आईएमई लाइफ इन्स्योरेन्सले असोजमा मात्रै भुक्तानी गर्यो पौने तीन करोड रुपैयाँ
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा मात्रै पौने तीन करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले उक्त एक महिनामा बीमितहरुलाई २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । उक्त दाबी रकममा ४८ वटा बीमालेखहरु रहेको समेत कम्पनीले जानकारी गराएको छ । आफ्नो उद्देश्य अनुसार नै कम्पनीले दावी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको छ ।