एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण
काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक र एफयमओ बिचको यस साझेदारीमा एफयमओ बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
दुई महिनामै ग्लोबल आइएमईले गर्यो पौने २ अर्ब नाफा, मर्जरमा गएका बैंकको सिनर्जी आउँदै
काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा साढे १६ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । दुई महिनाको अवधिमा ५ वटा वाणिज्य बैंकले १ अर्बभन्दा बढी नाफा गरेका छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका छन् । भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ । यस्तै, बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड रुपैयाँ, प्राइम कमर्सियलले ८३ करोड ६५ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ८१ करोड ४० लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, एनएमबि बैंकले ७६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, सानिमा बैंकले ५१ करोड २० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी ३ बैंकले ११ % बढी ब्याज दिने
काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १० वटा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा छ भने १० बैंकको एकल अंकमा छ । कात्तिकमा निक्षेप जम्मा गर्दा सबैभन्दा धेरै ब्याज एनआईसी एशिया बैंक, हिमालयन बैंक र एनएमबि बैंकले प्रदान गर्ने छन् । कात्तिकमा यी तीन बैंकले सबैभन्दा धेरै ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत प्रदान गर्ने छ भने नेपाल एसबिआई बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकले कात्तिकमा निक्षेप जम्मा गर्दा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् । यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्यक्तिलाई ९.२२४ प्रतिशत र संस्थागतलाई ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको छ । १४ बैंकले ब्याज घटाउँदा २ बैंकले बढाए, ४ बैंकको स्थीर, कुनको कति ?