छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफले समता एजुकेसन फाउन्डेसनलाई दियो ५ लाख

काठमाडौं । छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा, सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जील्लामा करीब ४०,००० विद्यार्र्थी सहित (मात्र १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्थीक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ । कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्री सम्म एकै विध्यालय मा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्र्थीलाई सबैभन्दा न्युन शुल्कमा बिज्ञान बिषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय समबन्धी शिक्षा प्रदान गर्ने योजना रहेको छ । यो पवित्र उद्देश्यका साथ अघी बढको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काद्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेलज्यू लाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको छ । यसका साथै, कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, र्याली, रक्तदान कार्यक्रम, सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि शिपमुलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केहि व्यक्तिहरुलाई सेतो छडि वितरण लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । कम्पनीको वार्षिक उत्सवको अवसरमा आयोजित सम्पूर्ण कार्यक्रमहरु सफल बनाउन साथै कम्पनीको दिर्घकालिन प्रगतिको लागी सम्पुर्ण नेपालीहरुको माया, साथ र विश्वासको अपेक्षा राखेको छ ।

प्रिमियममा आईपीओ जारी गर्न हिमालयन रिले पायो अनुमति, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल तीन करोड कित्ता सेयर प्रतिकित्ता २०६ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १०६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्केट रहेको छ ।

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौं । होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट हुने भएको छ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् । नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।