कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत बैकिङ्ग सेवा

काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको हो । बैँकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ज्युले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमका विच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णालीवासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरुसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सवैलाई निर्देशन दिए । बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

‘आइएमई तथा आइएमई पे’ मा कलाकारको वृहत चासो र संग्लनता

काठमाडौं । आइएमई तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित आइएमई पे आइएमई गरौँ, करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ । आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै सो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्राण्ड इन्फ्युसरको रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ । यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् साथै बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन् । साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ तेस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो ,उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलीभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् साथै उनलाई उत्कृटको रुपमा पनि चिन्न सकिन्छ । अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् । उनि बिगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनि रुचाएको कलाकार हुन् । माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पे ले आफ्नो ब्राण्ड इन्फ्युसरको रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा ब्राण्ड इन्फ्युसरहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ । यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे’ द्वारा प्रबर्दित भिडियो मा देख्न सकिने छ । ‘आइएमई पे’ ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ । खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ ।

हिमालयन रिले कात्तिक २१ बाट आईपीओ निष्काशन गर्ने, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी गर्ने प्रकृया शुरु गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकले आगामी मंसिर ५ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन् । यससँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।