सिटिजन्स बैंकका ग्राहकलाई द द्वारिकाज् होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको बत्तिसपुतलीमा रहेको द द्वारिकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले द द्वारिकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने  बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभरका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा अस्पताललाई दियो दुई लाख रूपैयाँँ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि्य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

२७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि बोलकबोल आहृवान गरेको हो । २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने सूचनामा उल्लेख छ । जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । कात्तिक १४ गते मंगलबार ट्रेजरी बिल वितरण गरिनेछ ।