नबिल बैंकले कमायो डेढ अर्ब नाफा, लाभांश क्षमता १३.३४ प्रतिशत
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेर ७५ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेर ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको लाभांश क्षमता १३.३४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६.२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ घटेर २१.७२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८६.५३ प्रतिशत र आधार दर ९.५८ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफासँगै ईपीएस पनि बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अबए ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोष १५.६७ प्रतिशत घटेर ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ, निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३.१३ रुपैयाँ बढेर १८.६६ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा १.३ प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८३.५६ प्रतिशत र आधार दर १०.०१ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको नाफा १.२२ अर्ब रुपैयाँ, साढे २४ अर्ब पुग्यो जगेडा कोष
काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेर ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत बढेर ५ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६.६३ प्रतिशत बढेर २४ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ३.९१ प्रतिशत बढेर ४ खर्ब ४३ अर्ब रुपैयाँ र कर्जा ०.२७ प्रतिशत बढेर ३ खर्ब ५७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ६.२९ रुपैयाँ घटेर १३.७१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८१.१८ प्रतिशत र आधार दर १०.०७ प्रतिशत रहेको छ ।