ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता पनि घट्यो
काठमाडौं । अर्थतन्त्रमा परेको समस्याका कारण व्यवसाय खस्किएपछि बैंकहरुको वितरणयोग्य नाफामा असर परेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बैंकहरुको वितरणयोग्य नाफा र लाभांश क्षमता घटेको देखिन्छ । असोज मसान्तसम्ममा सबैभन्दा धेरै लाभांश क्षमता स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ३ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहँदा ४७.२२ प्रतिशत लाभांश क्षमता छ । यस्तै, एभरेष्ट बैंकको ४ अर्ब ५२ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ भने ४२.२६ प्रतिशत लाभांश क्षमता छ । सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ११ करोड रुपैयाँ र लाभांश क्षमता १३.८० प्रतिशत, नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ र लाभांश क्षमता १३.३४ प्रतिशत, कृषि विकास बैंकको ४३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा र १२.९३ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, नेपाल बैंकको वितरणयोग्य नाफा ३६ करोड ७५ लाख रुपैयाँ र लाभांश क्षमता १० प्रतिशत, ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ र ९.९६ प्रतिशत लाभांश क्षमता, प्राइम बैंकको वितरणयोग्य नाफा ६२ करोड ८६ लाख रुपैयाँ र लाभांश क्षमता ९.७८ प्रतिशत र नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा ९४ करोड ६४ लाख रुपैयाँ र लाभांश क्षमता ८.०७ प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम रहेको वितीय विवरणमा उल्लेख छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुमध्ये ६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको २ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यस्तै, हिमालयन बैंकको १ अर्ब ८५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९८ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८५ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंकको २३ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक भएपनि लाभांश क्षमता भने ३.३४ प्रतिशत रहेको तथ्याङ्क छ ।
नेपाल लाइफ एक्लैको १० अर्ब बीमा शुल्क संकलन, एलआईसी र हिमालयनबीच दोस्रो बन्न प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ । यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो । यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।