आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई तालिम

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थिति थियो । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि कात्तिक २० देखि २२ सम्म तालिम दिइएको हो । तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

हिमालयन एभरेष्टको नाफा १७.८८ प्रतिशत बढ्यो, ईपीएस कति छ ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासमा ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५३ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष १७.८८ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले ५४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ३८ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य अनुपात ५१.६४ गुणा रहेको छ ।

आइएमई लाईफको नाफामा ७६ प्रतिशत छलाङ, ईपीएस १३ रुपैयाँ

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ७६ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.९९ रुपैयाँ रहेको छ ।