एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागिको क्यासब्याक अफर

काठमाडौं । एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागिको क्यासब्याक अफर गरेको छ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा १ हजारको न्यूनतम भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने कम्पनीले जनाएको छ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रभु क्यापिटलले एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई पूँजी बजारको ज्ञान दिने

काठमाडौं । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच बिहीबार एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक कार्कीबाट हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो । सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको छ । त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको छ ।