समृद्धि फाइनान्सद्धारा साइकल र्याली सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमाआएर समाप्त भएको थियो । सो र्यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे।वि। हमाल, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी साथै फाइनान्सका १९ जनाकर्मचारीहरुको सहभागिता रहेको फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्स कम्पनीले यहिकार्तिक २५ गने २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतना मुलककार्यक्रमहरु गरिरहेको छ । कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरेको फाइनान्सले जनाएको छ । साथै भोलि प्रधानकार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै गरेको फाइनान्सले बताएको छ ।
सेन्ट्रल फाईनान्सद्वारा विद्यालयमा कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण
काठमाडौं । सेन्ट्रल फाईनान्सले विद्यालयमा कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ । सेन्ट्रल फाईनान्स भक्तपुर शाखाले भक्तपुर नगरपालिका, वडा नं.१० स्थित श्री हंसबाहिनी आधारभुत विद्यालय, वडा नं.९ स्थित श्री ब्रम्हाचारिणी आधारभुत विद्यालय गरी दुई विद्यालयलाई कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस एक/एक सेट र श्री ब्रह्मायणी आधारभुत विद्यालयलाई विद्यालयको छतमा फल्स सिलिङको लागि ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापकहरु क्रमशः सूर्यबहादुर फोंजु, राधिका मैंया कोजु तथा तीर्थलक्ष्मी धन्छालाई वितरण गरेका थिए । यस सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सहयोग पुग्ने विचार विद्यालयका प्रधानाध्यापकहरुले ब्यक्त गरे । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक शिक्षिकाहरु तथा फाईनान्सका कर्मचारीहरुको पनि उपस्थिति थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
नेपाली बैंकरहरु विश्व बजारमा उत्कृष्ट काम गरिरहेका छन् : अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली बैंकरहरुले विश्व बजारमा उत्कृष्ट काम गरिरहेको बताएका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अध्यक्ष केसीले धेरै जना नेपाली बैंकरहरु विदेशी बैंकको सीईओ भएर काम गरिरहेको बताए । ‘नेपाली बैंकरहरु विश्व बजारकमा बिक्ने भएका छन्, धेरै जना विदेशका बैंकहरुमा सीईओ भएर काम गरिरहेका छन्, नेपालका बैंकर विदेशका जुनसुकै देशमा पनि काम गर्न सक्ने अवस्थामा छन् ।’ उनले भने । उनका अनुसार नेपालमा स्रोत साधन धेरै भएकोले उक्त वस्तुको सम्भावना भएको देश नेपाल हो । लगानीका लागि नेपालमा जलविद्युत क्षेत्रको अथाह सम्भावना रहेको उनको भनाइ छ । उनले सबैको सहकार्यले बैंकिङ क्षेत्रलाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । ‘नेपालको बैंकिङ क्षेत्र उत्कृष्ट छ, नेपाली बैंकिङले सेवा तथा व्यापार क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ, नेपालको बैंकिङले अर्थतन्त्रसँगै दीगो विकासमा महत्त्वपूर्ण काम गरेको छ,’ उनले भने ।