फाइनाइन्समा पहिलाेपटक गोर्खाज फाइनाइन्सले ल्यायो भिजा डेबिट कार्ड
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३०आाैं वार्षिकोत्सवका अवसरमा भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । संस्थाका अथ्यक्ष डेकिन्द्रकुमार राईले केन्द्रीय कार्यलय डिल्ली बजार काठमाडौंमा एक कार्यक्रमबीच भिजा डेबिट कार्डको उद्घाटन गरे । उक्त कार्यक्रममा गोर्खाज ग्रुपका अध्यक्ष पुरन्जन राई, उपाअध्यक्षद्वय यादवचन्द्र राई तथा टिकाराम सुनुवार, सञ्चालक कर्णबहादुर राई तथा कल्पना खापुङ्गलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे । रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीलगायतका ४३ जना रक्तदाताले रक्दातन गरेका थिए । गोर्खाज फाइनान्स भिजा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनाइन्स कम्पनी बनेको छ । गोर्खाज फाइनाइन्सको डेबिट कार्डमार्फत ग्राहकरूले भिजा एटिएमबाट सजिलै कारोबार गर्न सक्नेछन । हालसम्म गोर्खाज फाइनाइन्सको एटिएम सुविधा लिने करिब ६५ सय ग्राहक छन् । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणनगढ शाखाबाट कात्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हालसम्म सातै प्रदेशमा २६ वटा शाखा रहेका छन् ।
प्राइम बैंकले हस्तान्तरण गर्यो भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री
काठमाडौं । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय, छेडागाड नगरपालिका, कार्कीगाउँ, जाजरकोटमा शुक्रबार बुझाएको बताएको छ । कम्पनीले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको पनि बताएको छ । साथै उसले गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रभु महालक्ष्मी लाइफले भुकम्प पीडितलाई गर्यो १० लाख सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।