लाभांश पारित गर्न नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३०औँ वार्षिक साधारणसभा पुस १३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रममा भएको ८२ लाख ८० हजार २६ रुपैयाँलाई सभाले अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

कामना सेवा विकास बैंकले डाक्यो १७औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।

२२० रुपैयाँमा सिद्धार्थ प्रिमियरले साढे ५ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २२ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले मंसिर २८ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।