यी दुई लघुवित्तले आगामी वर्ष लाभांश दिन नपाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले दुइटा लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पुँजी कोष नपुर्याएको भन्दै सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थालाई लाभांशमा रोक लगाउने भएको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुइटा लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पुँजी कोष नपुर्याएको भन्दै सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थालाई लाभांशमा रोक लगाउने भएको हो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था कायम नगरेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण असारपछि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्छन् । राष्ट्र बैंकले पुँजी कोष कायम नगरेको भेटेमा लाभांशमा रोक लगाउने गरेको छ । अन्य ५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले भने पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरूको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ राष्ट्र बैंकको भनाइ छ । य

२०८० पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.३२ प्रतिशत र १२.६० प्रतिशत छ ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २.७८ प्रतिशतले र जोखिम भारित सम्पत्ति २.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः २.२३ प्रतिशत र १.०७ प्रतिशतले बढेको थियो ।

Share News