३ महिनामा निर्जीवन बीमाको व्यापार साढे ११ अर्ब, कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीको व्यापार साढे ११ अर्ब रुपैयाँभन्दा धेरै भएको छ । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको ३ महिनामा ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा ४ वटा लघु निर्जीवन र १४ वटा जनरल इन्स्योरेन्स कम्पनी गरी जम्मा १८ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले ३ महिनामा १ अर्ब १२ करोड रुपैयाँकोकुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख, आइजीआई प्रुडेन्सियलले ९० करोड ९ लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख, दी ओरिन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख, एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख र यूनाईटेड अजोडले ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । लघु निर्जीवन बीमक चारवटा लघु निर्जीवन बीमा कम्पनीले १८ करोड ५६ लाख रुपैयाँको व्यापार गरेका छन् । जसमध्ये नेपाल माइक्रोले ५ करोड ५० लाख, प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लघु बीमा कम्पनीले ३ महिनामा ६९ हजार ७९० वटा बीमालेख जारी गरेका छन् ।
गरिमा क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।
३ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब बढी, कुन कम्पनीको कति ?
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । चालु आवको ३ महिनामा जीवन बीमकले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ अर्ब ९० कराड ५० लाख र ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसैगरी, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख, मेटलाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लघु जीवन बीमकहरू गार्डियन माईक्रो लाइफ, क्रोष्ट माइक्रो लाइफ र लिबर्टी माईक्रो लाइफले क्रमशः ८ करोड ७१ लाख, ७ करोड ९७ लाख र ५ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।