हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्रकुमार मिश्र नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार मिश्र नियुक्त भएका छन् ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।  

Share News