गोर्खाज फाइनान्सको सीईओमा अधिकारी
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुष १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दीपक न्यौपानेले जानकारी दिए ।
नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंकाे ताहाचलमा रहेकाे होटल ह्यात प्यालेसमा शुक्रबार सम्पन्न साधारण सभाले सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलायनमान बनाउने निष्कर्ष निकाल्दै साधारण सभा सकिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारण सभा तीन सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्रमा संघका महासचिव र कोषाध्यक्षले छुट्टा-छुट्टै वार्षिक तथा आर्थिक एवम् आगामी वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा ‘स्टेइंग रेलिभेन्ट : रिसेपिङ नेपाल्स एडभरटाइजिङ ल्यान्डस्केप’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्क्रियामा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा लगायतले आ–आफ्नो क्षेत्रबारे धारणा राखेका थिए । कार्यक्रममा वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाबारे धारणा राखेका थिए । कार्यक्रमको तेस्रो सत्रमा विज्ञानपन उद्योगको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रशन्न श्रेष्ठ र साइस्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिहरू बीच भएको प्रतिस्पर्धामा श्रेष्ठ र घिमिरे उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।
नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर तोकेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा)योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर प्रदान गर्नेछ । सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर तोकेको छ । सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प एक तथा विकल्प दुईमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ६५ रुपैयाँ बानेस दर प्रदान गर्नेछ । सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क विकल्प एक मा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५५ रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ६० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ६० रुपैयाँ बानेस दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेखको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि १९ वर्ष अवधिको ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ६२ रुपैयाँ बानेस दर कामय राखेको हो । सावाधिक तथा आजीवन (जीवन साहारा, अनमोल जीवन) बीमायोजनामा ० देखि १० वर्ष अवधिको ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) र अग्रिम भुक्तानी सावधिक जीवन बीमा (नौलो जीवन समृद्धि) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ । अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिको ६२ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६१ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।