सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय साक्षरतापनि अभिबृद्धि हुने कुरा प्रकाश पारे । बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवाप्रदानगरिसकेको र सोहीगाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमापनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ । एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्यदुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तीय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

सानिमा लाईफ र सिन्धु विकास बैैंकबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु वीकाश बैंक लि.बीच बैंकास्योरेन्स संझौता भएको छ । सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो संझौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थिति रहेको थियो । संझौता अनुसार ग्राहकहरुले सिन्धु विकास बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

देवः विकाश बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ । देवः विकास बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिनेअजोड इन्स्योरेन्स लिमिटेडले जानकारी गराएको छ ।