मनमैंजुमा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखा उद्घाटन भएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय(प्रदेश न.३)का प्रमुख बिकास खरेलले मंगलबार शाखा उद्घाटन गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमाबोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थानमा सर्वसाधरणसम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । त्यसैगरी बैंकका उपप्रादेशिक प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।
शाइन रेसुङ्गा बैंकले सार्वजनिक गर्यो मेरो बचत खाता
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको बैंकले जानकारी गराएको छ ।
तीन महिनामै साधना लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, निक्षेप १६ करोड ८१ लाख
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत चैत मसान्तसम्ममा एक करोड १४ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । उक्त नाफा तीन महिनाको अवधिमा शतप्रतिशत अर्थात १००.८८ प्रतिशतले बढी हो । संस्थाले गत पुस मसान्तमा कुल ५६ लाख ८३ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षसम्म घाटामा रहेको यस संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा सो मात्राको नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ बराबरको घाटा व्यहोरेको थियो । संस्थाले तीन महिनामा निक्षेप बढाएर १६ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्ममा संस्थाले १२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । नाफासँगै संस्थाले रिजर्भको आकारमा पनि उच्च सुधार गरेको छ । गत पुससम्म ५७ लाख २७ हजार रहेको संस्थाको रिजर्भ चैतसम्म एक करोड १४ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन सो अवधिको तुलनामा १०० प्रतिशत बढी हो । त्यस्तै, चैत मसान्तसम्म कर्जा तथा सापटी १६ करोड रुपैयाँले वृद्धि भई ८१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा संस्थाले ३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ । हाल पुँजी पर्याप्तता अनुपात ८.२६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात भने ०.०२ प्रतिशत छ । त्यस्तै, संस्थाको कष्ट अफ फण्ड ११.३७ र सीडी रेसियो ३५६.९४ प्रतिशत रहेको छ ।