एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा १०% छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच भएको संझौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० % छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

फर्पिङमा खुल्यो सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार फर्पिङ शाखाको उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरे । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकको हसनपुर एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहकाबीच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । आइतबारदेखि सञ्चालनमा आएको बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।