एनआईसी एशिया र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ । स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देशभरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर भुक्तानी पाउने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
विदेशबाट फर्केका युवालाई दशलाखसम्म ऋण, एनएमबी बैंकले १ अर्ब कर्जा प्रवाह गर्ने
काठमाडौ । वैदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवाहरुलाई एनएमबी बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैक र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलकबार कर्जा प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका छन् । युवाहरुका लागि कृषी, पर्यटन, वन, जडीबुटी लगाएतका क्षेत्रलाई लक्षित गरेर प्रति व्यक्ती अधिकतम १० लाख कर्जा प्रवाह गर्ने र हाललाई १ अर्बसम्म कर्जा प्रवाह हुने बैंकले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केसीले समृद्ध नेपालका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए । सिइओ केसीले भने–‘वैदेशीक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरुका लागि यो कार्यक्रम लक्षित गरेका छौ ।’ हाल १ अर्बसम्म ऋण प्रवाह गरिने भएपनि आवश्यताका अनुसार सो रकममा वृद्धि हुने उनले बताए । कार्यक्रममा बोल्दै रिर्टनी माइग्रेटका अध्यक्ष उत्तम अधिकारीले भने–‘सरकारले अघि सारेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वरोजगारी बनाउने कुनै कार्यक्रम छैन ।’ उनले स्वरोजगार बन्न बैंक, परिषद् र आफूहरुबीच भएको त्रिपक्षीय सम्झौता सहयोगी बन्ने बताए । यस्तै, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सस्तो श्रममा नेपालीहरु विदेशी भूमिमा काम गर्नु भन्दा आफ्नै देशमा फर्केर केही गर्ने अभियानमा लाग्नु पर्ने बेला भइसकेको बताए । उक्त कार्यक्रममा एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले ५० डिग्री तापक्रममा नेपालीहरुलाई दक्षित गर्दै सम्झौता भएको बताए । उनले देश बनाउने जिम्मा युवाहरुको हातमा भएकाले उनीहरुलाई सहयोग गर्न बैंकले ऋण प्रवाह गर्न लागेको बताए । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तीहरुलाई राष्ट्रिय युवा परिषद्को समन्वय र रिर्टनी माईग्रेन्टको सिफारिसका आधारमा सहुलियपूर्ण कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
कालिमाटीमा सिद्धार्थ बैंकको शाखा बिस्तार
काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार कालीमाटी शाखाको उद्घाटन गरेको छ । बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।