बैदेशिक मुद्रा साट्न अनलाइनबाटै आवेदन, प्रभु बैंकले ल्यायो मोबाइल एप ‘प्रभु इजी फोरेक्स’
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुबिधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक समारोहका बीच उक्त एप्लीकेशन शुभारम्भ गरेको हो । रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकले विश्वास लिएको छ । ‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुबिधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।
प्रभु बैंकको शाखा चितवनको खैरहनी पर्सामा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबार चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं. ८ पर्सा बजारमा १८९औं शाखा कार्यालय बिस्तार गरेको छ । पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले उद्घाटन गरेका हुन् । पर्सा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
एनआईसी एशियाले बिराटनगर महानगरमा सञ्चालन गर्यो विस्तारित काउण्टर
काठमाडौँ । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको साउन ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन् । मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।