जीआईसीको एजीएम साउन २९ गते, ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी(जीआइसी)ले साउन २९ गते वार्षिक साधारण सभा(एजिएम) गर्ने भएको छ । साधारण सभामा ३० करोड रुपैयाँको प्राथमिक सेयर(आइपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर एस.के. टमोटले भने-‘हामीले साभारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को व्यालेन्सिट पास गर्ने छौँ, साथै प्राथमिक सेयरको पनि प्रस्ताव साधारण सभामा पेश गर्छौ ।’ उनले बीमा समितिमा व्यालेन्सिट पठाए पश्चात प्राथमिक सेयर निष्काशन हुने बताए ।

बिकेन हिमालयन बैंकको ऋणपत्र, साउन ३१ गतेसम्म समय थप

काठमाडौँ । हिमालयन बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुलाको समय थप गरिएको छ । तोकिएको समय भित्र सर्वसाधारणले पर्याप्त आवेदन नदिएपछि समय गरिएको हो । सात वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १००० अंकित ३० लाख कित्ता मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋण पूँजी रकम साउन २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । तर यो समय अवधि भित्र उक्त डिबेन्चर बिक्री हुन नसकेको हो । यता, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले सर्वसाधारण आवेदकहरुको सुबिधालाई मध्येनजर गर्दै उक्त निष्काशनको बिक्री अवधि साउन ३१ गतेसम्म कायम गरिएको जनाएको छ । उक्त ऋणपत्र न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिलले जनाएको छ ।

साउन २३ देखि सिद्धार्थ क्यापिटलको इकाई निष्काशन हुने

काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रति इकाई मूल्य रु.१० दरको १४ करोड इकाईको १५ प्रतिशतले हुन आउने २ करोड १० लाख इकाई वा सामुहिक लगानी कोष नियमवली २०६७ को नियम २९ को व्यवस्था बमोजिम तोकिएको न्यूनतम १५ प्रतिशतले हुन आउने इकाई कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गरी बाँकी इकाई विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो । न्यूनतम १०० र अधिकतम १ करोड ४० लाख इकाईसम्म दरखास्त दिन पाइने छ । साउन २३ गते निष्काशन खुला हुने र छिटोमा साउन २७ गते र ढिलोमा भदौ २० गते निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।