जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग

काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।

सानिमाले ल्यायो वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) बीमा योजना

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ । बीमा सुबिधा रकम पाउने अवस्था १५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६ प्रतिशतका दरले भूक्तानी गरिन कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ५ प्रतिशतका दरले प्रदान गरिनेछ । यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नविकरण बीमाशूल्क भूक्तानी गर्न समेत सहयोग मिल्ने छ । दुवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भुक्तानी गरी बाँकी रहेको बीमाड्ढ र पूरा अवधिको आर्जित बोनस एकमुष्ट प्रदान गरिने छ । कम्पनीका अनुसार बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भुक्तानी गरेको रकम कट्टान गरी सतप्रतिशत बीमाड्ढ र समानुपातिक आर्जित बोनस एक मुष्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९को दफा ३८ अन्तर्गतको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

गण्डकी विकास बैंकद्वारा १५० जना विधार्थीलाई झोला वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा झोला वितरण गरेको हो । बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, पोखरा मनपा वडा नं.२५ का वडा सदस्य जितबहादुर कार्की, दलबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा वितरण गरेका हुन् । उक्त कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गरेका थिए ।