सेञ्चुरी बैंकले शुरु गर्यो नयाँ बचत खाता, ७ लाख रुपैयाँको आकस्मिक दुर्घटना बीमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु.१,०००/- मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले जनाएको छ । ग्राहकहरुले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउने छन् । साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने जनाइएको छ ।
कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । यसरी, “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकका ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरुमा गई हेर्न सक्ने छन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस कामना बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोबाइल बैैकिङ, सी आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप तथा परिमार्जन गर्दै जाने बैंकको योजना रहेको छ ।
जनता क्यापिटलको एजीएम भदौ २७ गते, ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुने
काठमाडौँ । जनता क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा(एजीएम) भदौ २६ गते हुन भएको छ । कम्पनी सञ्चालन समितिको भदौ ३ गते बसेको बसेको बैठकले जनता बैंक नेपाल लिमिटेडको थापाथली काठमाडौँमा रहेको कार्यालयमा साँझ पौने ६ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २० करोडको ८ प्रतिशतले हुन आउने कर सहित रु. १ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै आव २०७५÷७६को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवदेनसहित २०७६ असार मसान्तको वासलात र २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाइएको छ ।