सिभिल र विवेक अटोमोवाईल्सबीच व्यवसायीक सम्झौता, तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमा
काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ । बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा ‘डिम्याट’ निःशुल्क
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बचत खाता खोल्दा डिम्याट खाता नि शुल्क खोल्ने व्यवस्था ल्याएको छ । बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै, नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हित ग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको जनाएको छ । देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्रहित ग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
राष्ट्रिय बीमा संस्थान शाखाहरूको अर्धवार्षिक गोष्ठी सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शनिबार शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेका हुन् । गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलब्धी र भावी रणनीतिबारे प्रकाश पारे भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिए ।