पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँको दरमा कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । रासस
आशा लघुवित्तको लगानी व्यवस्थापन सम्बन्धि तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको उक्त कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने जानकारी दिए । कार्यक्रममा लगानी व्यवस्थापन सम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण भएका थिए । सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनको सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ स्थापना भयो । ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट शुरु भएको हो । हालसम्म संस्थाले २९वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको छ भने ६७ करोड भन्दाबढी निक्षेप संकलन छ ।
आइएमई जनरल इन्स्योरेन्स २२ औं वार्षिक साधारण सभा सम्पन्न, खुद नाफा १४ करोड ४५ लाख
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २२औं बार्षिक साधारण सभा २०७६ साल फागुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको छ । सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ६ प्रतिशतले बोनस शेयर र सो मा लाग्ने कर समेत प्रदान गर्ने निर्णय पारित गरेको छ । कम्पनीले गत आर्थिकमा १ अर्ब ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरेको र खुद नाफा १४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको सभालाई जानकारी दिए । कम्पनीको २२ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।