नेपाल माइक्रो इन्स्योरेन्सको सीईओमा अनिल गिरी नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन् ।

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

Share News