सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी एजेन्सी म्यानेजरहरुलाई उक्त सुविधा उपलब्ध गराएको हो । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन । त्यसैले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ । बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो । कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।

एशियनले प्रुडेन्सियल इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबै कर्मचारीहरुको कोरोना भाइरस(कोभिड १९) बीमा गराएकाे छ । कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमांकको बीमा गराएको हो । उक्त बीमालेख प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत जारी गरिएको कम्पनीले जनाएको छ । यस बीमालेखबाट यस कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सम्भावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । साथै, यस बीमालेख अन्तर्गत कम्पनीको कुनै कर्मचारीलाई पीसीआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमकले एक लाख रुपैयाँ भुक्तानी गर्ने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

कृषि बैंक कृषिमै लिड गर्न चाहन्छ, त्यसैले बेसरेटभन्दा तल झरेर व्याजदर ताेक्याैंः सीईओ उपाध्याय

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् अनिलकुमार उपाध्याय । ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रवन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालिसकेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित २०७५ पुस १० गते सीईओ बनेका हुन् । उनै उपाध्यायसँग लकडाउनको समयमा कृषि विकास बैंकले दिँदै आएको सेवा, लकडाउनले बैंकिङ क्षेत्रमा पारेको असर र समग्र देशको अर्थतन्त्रको बारेमा विकासन्युजका सन्तोष रोकायाले उनीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः लकडाउनको समय छ । बैंकिङ सेवा कसरी  प्रवाह गर्दै हुनुहुन्छ ? लकडाउन भएको दिनदेखि नै हामीले निरन्तर सेवा दिँदै आएका छौं । बैंकिङ अत्यावश्यक सेवा भित्र परेकोले पनि देशका विभिन्न शाखाहरुमार्फत हाम्रा ग्राहकहरुलाई सजिलै सेवा प्रवाह गरिरहेका छौं । कर्मचारीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षाका सामग्रीहरुको व्यवस्था मिलाएर काम अगाडि बढाइरहेका छौं । स्वास्थ्य सामग्रीहरु हाम्रा प्रदेश कार्यालयहरुलाई उपलब्ध गराई आवश्यकता अनुसार त्यहाँका विभिन्न बैंकका शाखाहरुमा काम गर्नको लागि पासको पनि व्यवस्था गरिदिएका छौं । पालै पालो गरेर पनि शाखाहरुमार्फत नागरिकलाई सेवा दिइरहेका छौं । जसबाट सबै ठाउँका ग्राहकहरुले सेवाहरु पाउन भन्ने हाम्रो चाहना हो । डेढ सयको हाराहारीमा हामी शाखाहरु खोलिरहेका हुन्छौं । अर्को, महत्वपूर्ण कुरा भनेको हामी डिजिटल बैंकिङलाई बढी फोकस गरिरहेका छौं । डिजिटल बैंकिङको सेवा पुगेका ठाउँका ग्राहकलाई त्यसमा नै बढी प्राथमिकता दिइरहेका छौं । खासगरी एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङबाट बढी ट्रन्जेक्सन भएको छ । यो समयावधिमा बैंकिङ कोरोबार कस्तो भइरहेको छ ? ठीकै छ । त्यति धेरै गटबढ छैन । बैशाख १३ सम्मको तथ्याकं भन्ने हो भने ९९ हजार जतिले मोबाइल बैंकिङ ट्रान्जेक्सन गरेका छन् । एटीएम विथड्रल ३० हजारले गरेका छन् भने इन्टरनेट बैंकिङबाट पनि २ हजार जतिले ट्रान्जेक्सन गरेका छन् । यस्तै काउन्टर डिपोजिट पनि सन्तुलन नै छ । आरटीजीएस र आइपीएस पनि करिब ८ हजारले गरेका छन् भने समग्र बैंकिङ कारोबारमा त्यति धेरै घटबढ छैन । डिजिटल बैंकिङलाई बढी प्राथमिकता दिएका छौं भन्नुभयो, लकडाउनको समयावधिमा डिजिटल बैंकिङ प्रयोगकर्ताको आकर्षण कस्तो छ ? यो एक महिनाको समावधिमा ९९ हजार टन्जेक्सन गरिसकेका छौं । मोबाइल एप्लिकेसन हामी सँग मोबाइल बैंकिङका ३ लाख ७३ हजार ग्राहक छन् । उनीहरुले एप्लिेकेसन डाउनलोड गरेर काम पनि बैंकिङ कारोबारको काम गरिरहनु भएको छ । मोबाइल बैंकिङबाट नै अहिले धेरैले कारोबार गरिरहेका छन् र हामीले पनि यसलाई जोड दिएका छौं । हामीले यो अवधिमा डिजिट बैंकिङका सम्पूर्ण जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंंकिङ र एटीएम गरी साढे दुई लाख संख्या जति ट्रजेक्सन भएको छ । यो अवधिमा सरकारी कारोबार पनि गरेका छौं । ग्राहकहरुले आफ्नो व्यक्तिगत प्रयोगका लागि पनि प्रयोग गरिरहेका छन् । हाम्रो गुनासो कम छ । एटिएममा कुनै पनि समस्या छैन । सरल र सहज ढंगले काम भइरहेको छ । डिजिटल बैंकिङमा विश्वसनियता चाहिँ कत्तिको छ ? राष्ट्र बैंकले अहिले मोबाइल बैंकिङको पेमेन्ट साइज पनि बढाएको छ । यो अझै पनि सानो साइज हो । यो समयमा धेरै ग्राहकहरु धेरै रकम पेमेन्ट इन्टरनेट अर्थात मोबाइल बैंकिङबाट नै गर्न चाहन्छन् । सुरक्षितको हिसाबले हामी मोनिटरिङ गरिरहेका हुन्छौं । एटीएममा पैसा छकि छैन भनेर पनि घरबाटै हेरिरहेका हुन्छौं । यो सुरक्षाको प्रणालीलाई सकेसम्म हामीले भरपर्दो खालको गरेका छौं । हामी सचेत भएर काम गरिरहेका छौं । कोरोना भाइरसले भएको लकडाउनका कारण धेरै क्षेत्रहरु संकटमा छन् । बैंक तथा वित्तीय क्षेत्रमा यो समस्या कत्तिको छ ? हामीले शखाहरुलाई अत्यावश्यक सेवाको रुपमा लिएका छौं । अहिले बैंकिङमा जम्मा र भुक्तानी प्रणलीका रुपमा लिएका छौं । सरकारी कारोबार पनि छ । यी सबै कारोबार भइरहेकोले पनि बैंक अत्यावश्यक सेवा हो । यो पाटोलाई हेरेर हामीले साथीहरुलाई जिम्मेवारी दिएका छौं । क्वीक रिस्पोन्स टिम पनि निर्माण गरी काम गरिरहेका छौं । कतिपय कार्यालयमै काम गरिरहेका छन् भने कतिपय घरबाटै काम गरिरहेका छन् । प्रत्येक कर्मचारीको एक लाखको बीमा पनि गरिदिएका छौं । कर्मचारीको सुरक्षामा हामी जिम्मेवार भएर लागि रहेका छौं । यो समय संकट व्यवस्थापन गर्ने हो । हामी पनि त्यसतर्फ नै लागिरहेका छौं । हाम्रा ग्राहकका समस्यालाई समाधान गर्ने किसिमले काम गरिहेका छौं । उनीहरुका गुनासो पनि सुनिरहेका छौं । यो समय कमाउने होइन । आफ्ना कर्मचारीहरुलाई पनि समस्या नपर्ने तरिकाले संकटको व्यवस्थापन हामी गरिरहेका छौं । विभिन्न क्षेत्रमा कर्मचारी कटौती गर्ने, बेतलबी घरमै बसाल्ने कुरा पनि आइरहेका छन् । यो समस्या जाेखिम  बैंकिङ क्षेत्रमा परेकाे छकि छैन ? हामीले स्थायी मात्र होइन अस्थायी करार र ज्यालादारी कर्मचारीलाई पनि तलब खुवाई सकेका छौं । हामीले संस्थागत काम गरिसकेका छौं । हाम्रा कर्मचारीहरु घरमै बसे पनि सरकारले कर्मचारीको तलब नकाट्नु भनेको छ । कर्मचारीलाई पनि त्यस्तो समस्या छैन । कर्मचारीहरुकोे एक लाखको बीमा पनि गरिसकेका छौं । यस्तो समस्या हाम्रोमा छैन । हामी कर्मचारीलाई त्यस्तो समस्यामा पार्दैनौं । कृषि विकास बैंकको चैत मसान्तकाे क्वाटर रिर्पाट कस्तो आयाे ? यो कुरा प्रकाशन भइसकेपछि थाहा पाई हाल्नुहुन्छ । निश्चित पनि अहिले पहिलेको जस्तो नर्मल ग्रोथ हुँदैन । अहिले नाफा कमाउने आम्दानी बढाउने भन्दा पनि अहिले मेन्टेन, सस्टेन हुने मात्र हो । गत सालकै हाराहारीमा नाफा आएको छ । अलिकति खराव कर्जाको मात्रा स्वभाविक रुपमा बढ्छ । माघमा तिर्न नसकेको मानिसहरु यो सहुलियतमा त परेरनन् । पुसमा परे । त्यसकारण केही किसिमले चुनौतीपूर्ण नै त छ । साह्रै नोक्सान भएको अवस्था चाहिँ छैन । नाफा नोक्सान र निक्षेप तथा कर्जामा घटबढ के कस्तो छ ? अहिले काउन्टर डिपोजिट नै १३ अर्बभन्दा बढीको गइसकेको छ । काउण्टर वीथड्र १४ अर्बभन्दा बढी भइसकेको छ । यसले के देखाउँछ भने हाम्रो डिपोजिट हिजोको भन्दा तलमाथि भएको छैन । व्यापार पनि घटेको छैन । डिपोजिटमा पनि कुनै परिवर्तन आएको छैन । लिक्वीडिटी पनि राम्रै छ । लिक्वीडीटीको समस्या पनि हाम्रोमा छैन । तर, यो सबै आर्थिक सामाजिक वातावरण लगायतका कुराहरु भएकोले विश्वभर नै यो संकट आएको हो । त्यसकारण यसमा एक जना अर्थात एक संस्था र एक सरकारले गरेर केही पनि हुँदैन । यसलाई विश्व नै मिलेर यो समस्याको समाधान गर्ने हो । देशले पनि अब कुन क्षेत्रलाई बढी प्राथमिकता दिएर रोजगारी बढाउने, दशको अर्थतन्त्रलाई कसरी मजबुद बनाउने योजनाहरु ल्याउनु पर्छ । त्यस्ता योजनाहरु आइपनि रहेका छन् । लकडाउनको कारण बैंकको खराब कर्जा बढ्ने समस्या कत्तिकाे देख्नु भएकाे छ ? राष्ट्र बैंकले हामीलाई केही विशेषाधिकार दिइसकेको अवस्था छ । म्याद थपदिने पनि भनिसकेको छ । यसले पनि खराब कर्जा बढ्ने सम्भव नै हुँदैन । अहिले असारसम्म त्यति धेरै ठूलो परिवर्तन नआउला । कृषि विकास बैंकमात्र होइन कुनै बैंकमा पनि यो समस्या नआउला । किनकि यो राष्ट्र बैंकले दिएको सहुलियत हो । यसमा तीन वटा कुरा हुन्छ । एउटा, ग्राहकले के पायो ? अर्को बैंकहरुले कसरी सहुलियतपूर्ण ढंगले काम गर्यो ? र अर्को राज्यले कसरी कल्याणकारी काममा सहयोग गर्यो भन्ने हुन्छ । अब राष्ट्र बैंकले ल्याएको प्याकेजहरुले पनि कुनै ग्राहकलाई जरिवाना नलाग्ने भयो । यसले पनि खराब कर्जा बढ्ने समस्या समाधान हुन्छ । कुनै पनि ग्राहक अब कालोसूचिमा नजाने भए । अहिले बैंकहरुले व्याजदर घटाउने पनि अवसर पाए । मुद्दतीमा १.५ प्रतिशत संस्थागतमा व्याजदर घटेको छ । एक प्रतिशत जर्नलमा घटेको छ । हामीसँग १४ लाख निक्षेपकर्ता छन् । उनीहरुको समस्यालाई ध्यानमा राखेर हामीले बैशाख १ गते देखि नै कर्जा र निक्षेप दुबैमा व्याजदर घटाएका छौं । हामीले बैशाख १ गतेदेखि नै ११ प्रतिशत व्याजदर थियो ९ प्रतिशतमा ल्याइसकेका छौं । गत वर्ष हाम्रोमा १२ प्रतिशत थियो । बीचमा ११ प्रतिशतमा झार्यौं र अहिले ९ प्रतिशतमा व्याजदर कायम गरेका छौं । हाम्रो आधारदरभन्दा हामी तल छौं । त्यसकारण कृषि विकास बैंक यसमै लिड गर्छ । यो प्राथमिकताको क्षेत्र हो । यसमा पनि किस्ता समयमै तिर्यो भनेपनि ०.५ प्रतिशत छुट छ । यताबाट सरकारबाट कृषिको ५ प्रतिशत सहुलियत पनि पायो । उताबाट हामीले पनि ०.५ प्रतिशत पनि थप्यौं भनेपछि अहिले कृषकहरुले २.५/३ प्रतिशतमै व्याज पाउँछन् । यो हामीले सम्बोधन गरेका छौं । हामीले बैशाखदेखि नै यो काम शुरु गर्यौं । हाम्रा प्राथमिकता भनेका साना ऋणी हुन् । हाम्रो सानो कर्जाको ८६ प्रतिशत कर्जा सानो छ । त्यसैले कृषि विकास बैंकले यो एउटा अवसर पाएको हो यतिबेला सामाजिक दायित्व पनि सम्झेर काम गरिहेका छौं । अरुले गर्ने नगर्ने उहाँहरुको काम हो । तर, हामीले बैशाख १ गतेदेखि नै लागु हुने गरी व्याजदर घटाएका हौं । हामीले राहत पनि दिएका छौं । यो हामीले एउटा सन्देश दियौं । हामीले कृषकलाई माया गरेका छौं । यो घटाएको तीन प्रतिशत व्याजदर कृषकलाई मात्र हो कि अन्य ग्राहकलाई पनि हो ? कृषिको अनुदान कार्यक्रममा २ प्रतिशत जोडिन्छ । कृषि उद्देश्यमा २ प्रतिशत घटेको छ । अहिले ९ प्रतिशतमा झारेका हौं । त्यसो भए उद्योगी व्यापारीलाई घटाएको छैन ? उद्योगी व्यापारीलाई पनि घटाएका छौं । कतिलाई १ प्रतिशत कतिपयर्लाइ ०.५ प्रतिशत, घटाएका छौं । कसैको १.५ प्रतिशत घटाएका छौं । कर्जामा ३ प्रतिशत व्याज घटाएसँगै ऋणीहरुको प्रतिक्रिया कस्तो आइरहेको छ ? गाउँघरका किसानहरु एकदमै खुसी हुनु भएको छ । कृषि विकास बैंकले माया गर्यो । समयमै हाम्रो समस्याको सम्बोधन गर्यो भनेर भनिरहेका छन् । यसमा ५ प्रतिशत सरकारबाट अनुदान पाएको छ । त्यसमा पनि समयमै किस्ता तिर्ने र व्याज पनि समयमै तिर्नेहरुलाई पनि हामीले ०.५ प्रतिशत छुट गरेका छौं । ९ प्रतिशतमा ५ं.५ प्रतिशत घटेपछि ३.५ प्रतिशत भयो । अझ त्यसमा पनि महिला हुनुहुन्छ भने १ प्रतिशत घट्छ । यसले गर्दा उनीहरुलाई धेरै सहज भएको छ । उनीहरु खुसी छन् । तपाईहरुले ३ प्रतिशत व्याज त घटाउनु भयो । यसको विजनेस रिजल्ट कस्तो आउला ? हैन, यो हामीले माया गरेको हौं । अहिले कमाउने भन्दा पनि सस्टेन र मेन्टेन गर्ने हो । थोरै कमाउने तर बढी माया गर्ने हो । समाज र नागरिकप्रतिको दायित्व हामीमा हुन्छ । हामी गाउँ–गाउँसँग जोडिएका छौं । साढे दुई लाख सेयर होल्डरहरु हुनुहुन्छ । सबै कृषहरुसँग हामी जोडिएका छौं । हामी प्रति सबैको आशा छ । हामीले व्यापार फाइदा घाटा भन्दा पनि गाउँघरका नागरिकलाई सेवा दिने हो । गाउँघरमा सबैको पहिलो च्वाइस कृषि विकास बैंक हुन्छ । त्यो महसुस गर्दै हामीले उनीहरुको राहतस्वरुप यो काम गरेका हौं । बैंक तथा वित्तीय परिसंघले पनि केही व्याजदर छुट तथा सहुलियत गर्ने निर्णय गरेको छ । यसमा धेरै बैंकहरुका आ–आफ्नै मतभेदहरु पनि छन् । यसमा तपाईको धारणा के हो ? कृषि विकास बैंक त्यसमा सहमत हो ? हामीले परिसंघको कुरा पनि सुन्नु पर्छ । सञ्चालक समितिको निर्णयलाई लागु गर्ने हो । हामीले दुवै तिरको आधिकारिता हेरेर काम गरिहेका छौं । कृषि विकास बैंकले त त्यसको सम्बोधन गरिसकेको छ । उनीहरुको निर्णय भन्दा नै पहिले हामीले निर्णय गरेर लागु गरिसकेका छौं । माग गर्ने अधिकार त सबैलाई छ । तर, आधिकारिकता होकि होइन भन्ने कुरा मात्र हो । अहिले सबै क्षेत्र आर्थिक संकटमा छन् । तपाई एक बैंकर्स भएको हिसाबले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा कत्तिको नोक्सान होला । तपाईले के कस्तो अनुमान गर्नु भएको छ ? कोरोना भाइरसले एक दुई महिना मात्र होइन एक दुई वर्ष नै यसले असर पार्छ । यो समयमा ठूलो नाफा कमाउने व्यापार बढाउने भन्दा पनि सस्टेन गर्ने हो । आफ्नो व्यापार, कोरोबार र जनशक्तिलाई सस्टेन गर्ने खालको वातावरण आफैले सिर्जना गर्ने हो । यो समयमा जो टिक्छ भोलि उसले अवश्य कमाउँछ । नेपालमा अहिलेसम्म त्यति असर पारेको अवस्था छैन । हाम्रो जग्गाहरु अम्लिए भएका छैनन् । अहिले विदेशमा गउका युवाहरु पनि स्वदेश फर्किएका छन् । उनीहरुको सीपलाई देशमै परिचालन तथा व्यवस्थापन गर्नु पर्छ । यी विभिन्न अवसरहरुलाई सदुपयोग गरेर विभिन्न योजना रणनीति ल्यायो भने अर्थतन्त्रलाई टेवा पुगाउन सकिन्छ । अहिले स्थानिय तह, प्रदेश सरकार र संघ मिलेर देशलाई यही समयमा परिवर्तन गर्ने अवसर आएको छ । यो देशलाई परिवर्तन गर्ने उचित समय हो । युवाहरुले रोजगारी पाउँछन् । साना तथा मझौला उद्यमीहरुलाई केही सहुलियत दिएर बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने हो । यसले खाद्यान्न पनि धेरै सहयोग गर्छ । अहिले कोरोना प्रभावित देशको उत्पादन कतिपय मानिसहरुले खान्छन् कि खाँदैनन् यो पनि समस्याको विषय बनको छ । त्यस कारण आफ्नै देशमा भएको युवाहरुको सीपलाई परिचालन गरी देशमा भएको वस्तुको सही उत्पादन र बजारीकरण गर्यो भने देशको अर्थतन्त्रलाई पनि सहयोग हुन्छ र धेरैले रोजगारी पनि पाउँछन् । अब सबैले पर्यटनतर्फ पनि ध्यान दिनु पर्छ । विद्युतको खपत बढाउनु पर्छ । यो हामीहरुका लागि अवसर छ । यसलाई सही सदुपयोग गर्यो भने हामी संकटलाई सहजै पार गर्न सक्छौं र देशको अर्थतन्त्रमा त्यति धेरै गिरावट आउन सक्दैन । विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फर्किसकेका छन् । उनीहरुलाई उद्यमतर्फ अग्रसर गराउनका लागि कृषि विकास बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसतर्फ तपाई ध्यान कत्तिको गएको छ ? पक्कै पनि अहिले धेरै युवाहरु स्वदेश फर्किसकेका छन् । उनीहरुमा भएको सीपको पहिचान गरी सीप अनुसारको काममा लगाउनु हामी सबैको दायित्व उत्तिकै हुन्छ । सर्वप्रथम त एउटा गरिब वा विपन्न वर्गलाई खाद्यान्न समस्याबाट टाढा लैजानु पर्यो । उनीहरुलाई खाद्यान्न संकट हुनु भएन । उनीहरुले आफ्नै क्षेत्रबाट पनि सानो तिनो उद्यम गरेर स्वरोजगार बन्न सक्छन् । उसले आफ्नो खाद्यान्नको संकट पनि टार्छ । जस्तै, उसले बाख्रा पाल्यो भने पनि उ आत्मनिर्भर बन्न सक्छ । एउटा किसानका लागि बाख्रा एटिएम मेसिन बन्न सक्छ । उसलाई जुन दिन चाहियो त्यही दिन बाख्रा बेच्न सक्छ । कामको गुणस्तरीय, प्राविधिक र पैसा यी तीन कुराको संयोजन मिलाउन सक्नु पर्छ । साना तथा मझौला व्यवासयी कर्जाहरु दिएर पनि उत्पादन देखि बजारीकरण गर्ने सम्मका कुराहरुमा विकास गर्नु पर्छ । उत्पादन र बजारीकरण गर्न सक्नुपर्छ । क्वालिटीमा कम्प्रमाइज गर्नु हुँदैन । अर्गानिकमा फोकस गर्नु पर्छ । गाउँघद्दरमा पनि साना–साना कोल्ड स्टोरको पनि व्यवस्था गर्नु पर्छ । उत्पादन भण्डारण र बजारीकरणमा व्यवस्था गरेर युवाहरुलाई स्वरोजगार बनाउन सक्यो भने अवश्य नै परिवर्तन हुन्छ । प्रविधिगत रुपमा अगाडि बढ्नुपर्छ । ठूलो स्केलमा निर्यात पनि गर्न सकिन्छ । क्षेत्रगत रुपमा विकास गर्दै लैजाने हो भने त्यहाँका मानिसहरु रोजगारी पाउँछन् । खाद्यान्नको समस्या भोग्नु पर्दैन । स्थानीय स्तरको उत्पादित वस्तु त्यहीँ बजारीकरण गर्नु पर्छ । बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो । बीमा क्षेत्रलाई प्रभावकारी बनाउने समय आएको छ । यी विधि कुराहरुर्लाइ मनन् गर्यो भने अवश्य नै परिवर्तन हुन्छ । यो आर्थिक संकटको समयमा देशमा त्यति धेरै समस्या पर्न नदिनको लागि बैंक तथा वित्तीय क्षेत्रको भूमिका के हुन सक्छ ? बैंक तथा वित्तीय संस्था भनेका मध्यस्थकर्ता हुन् । बैंकहरुले नागरिक वा सरकारबाट पैसा लिएर स्रोतको जेनेरेट गरेर डेलिभर गर्ने हो । बैंक आफैमा कल्याणकारी होइन । बैंकहरुले जनताको पैसा लिएर जनतालाई नै दिने हो । सरकारको जोडिएको कार्यक्रमलाई प्रभावकारी बनाउन कम मार्जिनमा काम गर्ने हो । यो समयमा थोरै मार्जिनमा काम गरेर सेवा दिने हो । यसमा बैंकहरुले मद्दत गर्ने हो । बैंकको सामाजिक संस्थागत उत्तरदायित्वमा पैसा छ भने सहयोग गर्ने हो । यो समय कमाउने भन्दा पनि टिक्ने हो । अहिले बैंकको दायित्व जनता संस्था र देशप्रति रहेर काम गर्ने हो । बैंक भनेका राज्यप्रतिको दायित्वमा रहेर काम गर्ने एक इकाइ हुन् । त्यसैले यो समयमा नाफा लिनेभन्दा पनि कम मार्जिनमा हामी काम गरिहेका छौं ।