सिटिजन्स बैंकले गर्यो आफ्नो कर्मचारीको कोभिड–१९ बीमा
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा सिटिजन्स बैंकले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको कोभिड—१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ । बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ । सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा रु ७लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ । विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्था यस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको ए।टी।एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
लुम्बिनी विकास बैंकले गरायाे कर्मचारी कोरोना बीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी एक लाखको कोरोना बीमा सम्बन्धी एभरेष्ट इन्योरेन्स कम्पनीका बीचमा बैंकले सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ । कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ । यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहकलाई बैंकले आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बिमान कम्पनी ग्राउन्डेड बीमाको मनस्थितिमा, बीमा कम्पनी भन्छन्ः शुल्क घट्न सक्छ
काठमाडौं । विमान सेवा संचालक व्यवसायीहरुले लकडाउनको कारण विमानहरुले आफ्नो उडान भर्न नपाई ग्राउण्डेड रहदा ग्राउण्डेड बीमा गर्नु पर्ने बाध्यता आउन सक्ने बताएका छन् । बीमा कम्पनीका अनुसार विमान सेवा संचालकहरुले बीमा शुल्क बुझाउने अवधि थप्न माग गर्दै आएका छन् । ‘उडेको विमानमा खतरा पनि धेरै हुनेले त्यस्तो अवस्थामा बिमांक महङ्गो हुन्छ, तर रोकेर राखेको बीमानमा खतरा कम हुन्छ, सोही कारण विमान उड्दा बीमा शुल्क धेरै बुझाउनु पर्छ भने नउडाई राख्ने बेलामा बीमा शुल्क निकै कम हुने गर्छ, यसरी विमान उडनै पाएन भने हामीले ग्राउण्डेड बीमा गर्न बाध्य हुन्छौ,’ श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धरले विकासन्युजसँग भने । प्रबन्धक मानन्धर बीमा कम्पनीहरुलाई आफूहरुले बीमा शुल्क बुझाउने म्याद थप्ने विषयमा सल्लाह भइरहेको र एक हप्ता भित्र टुङ्गो लाग्ने बताउँन् । अहिले छैन ग्राउण्डेड इन्स्योरेन्स, बाध्यता आईलाग्न सक्छ विमान व्यवसायीहरुका अनुसार अहिले विमान कुनै पनि बेलामा संचालनमा आउनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा ग्राउण्डेड बीमा गराउनु राम्रो हुँदैन । तर लकडाउन निकै बढेको अवस्थामा तथा विमानलाई ग्राउण्डेड अवस्थामा लामो समय राख्नु पर्ने निश्चित भएमा उक्त बीमा गराउन आवश्यक हुन्छ । अहिले विश्वमा कोरोना महामारी फैलिएका कारण धेरै वटा देशहरु लकडाउनमा छन् । नेपालले गत चैत ११ गतेदेखि सुरु गरेको लक डाउन जेठ २० गतेसम्म निरन्तर रहने सरकारको निर्णय छ । तरपनि आगामी दिन विगतको तुलनामा कस्तो अवस्थामा कस्तो रहला सहजै अनुमान गर्न सक्ने स्थिति छ्रैन । विशेष गरेर हवाई क्षेत्रपनि विगतको जसरी चल्न त्यति सहज नरहेको व्यवसायीको धारणा छ । मुख्यत विदेशी पर्यटकहरुबाट आय आर्जन गर्ने भएकाले अहिले हवाई व्यवसायीहरुले भोलिका दिन ठ्याक्कै कस्तो होला भन्ने धारण बनाई नसकेको बताउँछन् । यस्तो छ बीमा कम्पनीको भनाई नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काका अनुसार लकडाउनका कारण हवाई बीमाको बीमा शुल्क त्रैमासिक रुपमा बुझाउने प्रस्ताव व्यवसायीहरुले ल्याएका छन् । ‘अहिले लक डाउनको कारण विमानहरु उड्न पाएका छैनन् । अन्य बेलामा विमान कुनै किसीमका दुर्घटनामा नफसेको बेलामा बीमा शुल्कमा छुट दिने गरिन्छ, त्यस्तै अहिले विमान नउड्दा जोखिम कम भएकोले सोही कारण जोखिमको घटबढका आधारमा बीमा शुल्कमा केही हेरफेर हुनसक्छ, अहिले विमान व्यवसायीको तर्फबाट पनि बीमाशुल्क त्रैमासिक रुपमा बुझाउने कुरा आई रहेको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले भने ।