नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निष्काशन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच स्थानिय बासिन्दा एवम् सर्वसाधारणमा सेयर निष्कासन एवम् प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
वोमी लघुवित्तको अध्यक्षमा बिन्दीया प्रधान, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । असार १९ गते सम्पन्न साधारण सभापश्चात साँझ बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई संस्थाको अध्यक्ष पदमा चयन गरेको हो । सो दिन बसेको आठौं वार्षिक साधारण सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी ६ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाईलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको संस्थाले जनाएको छ ।
गत वर्षमा प्रिमियर इन्स्योरेन्सको मुनाफा साढे २६ करोडभन्दा बढी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष (२०७५/७६) मा खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ । २६ औं वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले वार्षिय प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । ‘आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ’ अध्यक्ष श्रेष्ठले भने । सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुन निर्विरोध निवाचित भएका छन् । उक्त साधारण सभा केन्द्रिय कार्यालय भवनको सभा कक्षमा समापन भएको थियो ।