साढे २ लाख बढीले भरे साधना लघुवित्तको आईपीओ
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) जारी भएको दोश्रो दिनसम्ममा साढे २ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुुसार सोमबार साँझ ५ बजेसम्ममा २ लाख ५६ हजार २ सय ८१ जनाले ६२ लाख ९५ हजार २ सय ७० कित्ता सेयर माग गरेका छन् । सेयर निष्काशन गरेकाे पहिलाे दिन नै मागभन्दा ५ गुणा बढी आवेदन परेकाे उक्त सेयरमा साेमबार(दाेश्राे दिन)सम्ममा साढे ९ गुणा बढी आवेदन परेकाे छ। संस्थाले असार २१ गतेदेखि ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयर निष्काशन गरेकाे छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे। यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।
एनएमबि लघुवित्तको नगद लाभांश पारित, सञ्चालकमा दुई जना निवार्चित
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २५ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ नगद लाभांश पारित भएको छ । संस्थाको सातौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाको सातौं वार्षिक साधारण सभा असार २२ गते सोमवार संस्थाको केन्द्रिय कार्यालय, हेम्जा कास्कीमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सजिंव सुब्बद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ । साथै, सभाबाट सर्वसाधारण समुह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सञ्जिब सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रयोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी डा. राधिका थपलियालाई
काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिईएकाे छ ।मन्त्रालयले थपलियालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी दिएकाे हाे । थपलियालाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको जिम्मेवारी दिइएको मन्त्रलायले जनाएकाे छ । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिएका थिए ।