आइसिएफसि फाइनान्सले ल्यायो क्रमिक मुद्दती खाता, यी सुविधामा छुट पाइने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकवर्गहरुमा क्रमिक मुद्दती खाता सुरुवात गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक समारोहबीच उक्त क्रमिक मुद्दती खाताको सुरुवात गरेका हुन् । नँया क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, ई-बैंकिङ्ग तथा लकर सुविधाहरु पहिलो वर्षका लागी निशुल्क उपलब्ध गराइने छ । यस खाता खोल्न फाइनान्सको कुनै पनि शाखा कार्यालयबाट सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ । यस फाइनान्सले हालसम्म १८ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर र १७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ ।

यसकारण बन्द हुँदै छ धितोपत्र बोर्डको वेवसाइट

काठमाडौं । नेपाल धितोपत्र बोर्डको वेवसाइट आज(साउन १ गते) दिउँसो तीन बजेदेखि बन्द हुने भएको छ । बाेर्डले बिहीबार एक सूचना जारी गरी लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई उक्त जानकारी गराएकाे हाे । साईटको सेड्युल मेन्टिनेन्स(निर्धारित मर्मत) गर्नुपर्ने भएकाले केही समय अवरुद्ध हुन सक्ने बोर्डले जनाएकाे छ ।

नेपाल लाइफबाट विवेक झा विदा, सबै सूचकाङ्क उत्कृष्ट बनाउन सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत विवेक झा विदा भएका छन् । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिएको कम्पनीले जानकारी दिएको छ । संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी झाले साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएको कम्पनीले जनाएको छ । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ । सदैव आप्mना सहकर्मी कर्मचारीहरुलाई आफ्नाे मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले ‘अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको’ उनले बताए । उनले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे । सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिएका छन् ।