सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: क्षेत्री

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंखु क्षेत्री नियुक्त भएका छन् । हाल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको पुन: ४ वर्षको लागि कार्यकाल थपिएको हो । कम्पनी संचालक समितिले क्षेत्रीलाई अर्काे एक कार्यकालको लागि नियुक्त गरेको हो । क्षेत्री नेपाल बीमक संघका महासचिवप नि हुन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरु माझ सगरमाथा इन्स्योरेन्स कम्पनी चर्चित कम्पनी हो । बीमा क्षेत्रका केही परिसुचकहरुमध्येमा सगरमाथा इन्स्योरेन्स केहीमा पहिलो तथा केहीमा दोस्रो स्थानमा छ । कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्काे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्काे बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

ज्योति लाईफद्धारा विभिन्न पदकाे लागी कर्मचारी माग

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने कम्पनिले जनाएकाे छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कम्पनिले कर्मचारी माग गरेको हाे । आवेदकहरुले श्रावण १३ सम्म कम्पनिकाे ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनसक्ने कम्पनिले जनाएकाे छ ।    

साधना लघुवित्तको आईपीओ बाँडफाँडः ८५ प्रतिशत बढीको हात खाली, ६६ हजारले पाए १० कित्ता सेयर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशत बढीको हात खाली भएको छ भने ६६ हजार एक सय ५२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । सेयरका लागि आवेदन दिएका मध्ये ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको छ । उक्त आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये कूल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदन परेकाे थियाे भने बाँकी रद्द भएका छन् । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।