अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा हालसम्म ८९ लाख २४ हजार ५ सय ९० कित्ता आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साेमबार साढे १० बजेसम्ममा संस्थाकाे सेयरमा सो मात्राको आवेदन परेको हो । सो अवधिसम्ममा २ लाख ३० हजार ६ सय ७१ जना आवेदकले ८९ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर माग गरेको छन् । जुन संस्थाले माग गरेको भन्द २.८२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर माग गरेकाे हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क

पुनर्बीमा कम्पनीमा अर्थमन्त्री र नेकपा महासचिव निकट संचालकबीच झगडा, सीईओ ‘काँग्रेसी कर्मचारी’ पेल्दै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा आन्तरिक विवाद चुलिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा निकट संचालक र नेकपा महासचिव विष्णु पौडेल निकट संचालकबीच झगडा भएको छ । झगडा उत्कर्षमा पुगेपछि अर्थमन्त्री डा. खतिवडा निकट संचालक पुरुषोत्तम सुवेदीले पदबाट राजीनामा गरेका छन् । संचालक समितिले कामु अध्यक्षको जिम्मेवारी दिएका सुवेदीले अर्का संचालकसँग विवाद बढेपछि राजीनामा दिएका हुन् । कम्पनीको संचालकमा रमेश राणालाई नियुक्त गरिएपछि सुवेदीले राजीनामा दिएका स्रोतले जानकारी दिएको छ । यद्यपि सुवेदीले घरमा बस्नको लागि आफूले राजीनामा दिएको बताए । ‘घर बस्नको लागि राजीनामा दिएको, म रिटायर्ड मान्छे, यो कम्पनीको संचालक भएपछि समय मिलाउन सकिनँ, त्यसैले राजीनामा गरेको,’ संचालक पदबाट किन राजीनामा दिनुभएको भन्ने विकासन्युजको प्रश्नमा सुवेदीले संक्षिप्त प्रतिक्रिया दिँदै भने । स्रोतले भने अर्का संचालक रमेश राणासँग विवाद बढेपछि सुवेदीले राजीनामा गरेको बताएको छ । राणा नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन् । सुवेदीलाई भने अर्थमन्त्री डा. खतिवडाले विशेष जोडबल गरेर पुनर्बीमा कम्पनीमा संचालक बनाएका थिए । राणालाई संचालक समितिको कामु अध्यक्ष बनाउन लागिएपछि सुवेदीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा गरेको बताइएको छ । कामु अध्यक्षकाे जिम्मेवारी पाएकाे सुवेदीले कम्पनीकाे वेवसाइटमा भने अध्यक्ष लेखाएका थिए । पुनर्बीमा कम्पनीकाे अध्यक्षमा अनधिकृत नाम लेखाएकाे एक महिना पनि नबित्दै सुवेदीले सञ्चालक पदबाट समेत हात धुनु परेकाे छ । सुवेदीले राजीनामा गरेपछि पुनर्बीमा कम्पनीकाे सञ्चालक समिति फेरी तीन सदस्यीय भएकाे छ । पब्लिक कम्पनीमा कम्तिमा ५ जना सञ्चालक हुनु पर्ने नियम छ । सबैभन्दा ठूलाे लगानीकर्ता सरकारले नै कानुनकाे परिपालना नगरेकाेले बीमा समिति, कम्पनी रजिष्ट्रारकाे कार्यालय कानुनकाे परिपालना गराउन चुकेका छन् । ‘काँग्रेसी कर्मचारी’ पेल्दै सीईओ रायामाझी संचालक समितिमा देखिएको विवादको रोग कर्मचारीमा पनि सरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले कर्मचारीलाई काँग्रेस र कम्युनिष्ट भन्दै भेदभाव गर्न थालेपछि कर्मचारी बृत्तमा पनि समस्या देखिएको हो । कम्पनी स्थापना हुँदा नेपाली काँग्रेसका नेता डा. रामशरण महत अर्थमन्त्री थिए । डा. महतको सिफारिसमा काँग्रेस कार्यकर्तालाई जागिर दिएको भन्दै सीईओ रायामाझीले पूराना कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका स्रोतको दाबी छ । ‘पुराना कर्मचारी जति काँग्रेसी हुन् रे, होइन भन्ने प्रमाणको लागि नेकपा निकट कर्मचारी संगठनको सदस्यता देखाउनु पर्छ, काँग्रेसी कर्मचारीलाई पेल्नुपर्छ भन्दै सीईओले महत्वपूर्ण जिम्मेवारीबाट हटाउने गर्नुभएको छ,’ स्रोतले भन्यो । सीईओ रायमाझी नेकपाकाे कार्यकर्ता हुन् । तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गाेकुल बाँस्काेटाकाे पावर लगाएर उनी पुर्नबीमा कम्पनीमा सीईओ भएका थिए । बीमाकाे सामान्य ज्ञान पनि नभएकाे व्यक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीसँगै उनी पुनर्बीमाको सीईओमा नियुक्त भएपछि यसका प्रवर्द्धक बीमा कम्पनीहरूमा पनि व्यापक असन्तुष्टि देखिएकाे छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत

अब आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने

काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार उनीहरुले आइएमई पे वालेटबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्बन्धी सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।