यसकारण स्थगित भयो एनआरएन लघुवित्तको विशेष साधारणसभा
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले आगामी भदौ २० गते आब्हान गरेको विशेष साधारणसभा स्थिगित भएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीको कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले सो दिनको सभा हाललाई स्थिगित गर्ने निर्णय गरेकाे हो । उक्त निर्णय भदौ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरी सभा, सम्मेलन, भेला लगायतका मानिसहरुको भिडभाड हुने सबै कृयाकलापहरु गर्न निषेध गरेको छ । त्यसैले, संस्थाको संचालक समितिको ५१औं बैठकको निर्णयानुसार उक्त निर्वाचनको सहितको विशेष साधारण सभा र सो सम्बन्धी सबै कार्यक्रमहरुको अर्को सूचना जारी नगरेसम्मको लागि हाललाई स्थगित गरेको हो ।
एनआरएन लघुवित्तको ३९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको ३९ लाख २८ हजार ८७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज (भदौ १८ गते बिहीबार) मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था, दिव्या लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । यी तीन संस्था एक बराबर एक बराबर एक(१ः१ः१) को अनुपातमा गाभिएर एनआरएन लघुवित्तको नामबाट कारोबार शुरु गर्ने भएका हुन् । त्यसपछि प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको ३९ लाख २८ हजार ८८ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै संस्थाको सो मात्राको सेयर आगामी आइतबार(भदौ २१ गते) बाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।
एनआईसी एशिया क्यापिटलले सेयरधनीलाई साढे ३ कराेड बराबरकाे लाभांश वितरण गर्ने
काठमाडाैं । एनआईसी एशिया क्यापिटल सेयरधनीलाई ३ कराेड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हाे । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।