सिदार्थ बैंककाे दायित्व फेलाेसिपलाई ५ लाख सहयाेग
काठमाडाैं । सिदार्थ बैंकले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख सहयोग प्रदान गरेको छ । युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाईआफुहरुले पु¥याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास रहेकाे बैंकले जनाएकाे छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएकाे छ।
लिवर्टी ईनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौतामा लिवर्टी ईनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्ट्रार प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । साथै लिवर्टी ईनर्जी कम्पनीको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि यस प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न सकिने छ ।
कोरोना बीमा मापदण्ड संशोधन गर्न समिति गठन, २१ गतेसम्मको दावी ७ दिनभित्र भुक्तानी गर्नुपर्ने
काठमाडौं । कोरोना बीमा मापदण्ड २०७७ मा आवश्यक संशोधन गर्न सुझाव दिन उच्चस्तरीय समिति गठन भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल संयोजक, अर्थमन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि र सरोकारवाला पक्षको समेत सहभागी हुने गरी समिति गठन गर्ने निर्णय भएको बीमा समितिले जनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा कोरोना बीमा मापदण्ड २०७७ संशोधन हुने भएको छ । यसअघि बीमा समितिले जारी गरेको उक्त मापदण्डमा निजी क्षेत्रद्धारा सञ्चालित ल्यावहरुले दिएको पीसीआर रिपोर्ट बीमा कम्पनीहरुको लागि स्वीकार्य नहुने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाको विरोध भएपछि बीमा समितिले संशोधनको प्रक्रिया अगाडि बढाएको हो । कोरोना बीमा मापदण्ड २०७७ संशोधन नभएसम्मको लागि कोरोना बीमा लेख खरिद गरेका बीमितहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा मात्र पीसीआर टेष्ट गर्न बीमा समितिले बीमितहरुलाई आग्राह गरेको छ । यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा मात्र पीसीआर टेष्ट गरेका बीमितलाई ७ दिनभित्र दावी भुक्तानी गर्न समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । ‘भदौ २१ गते आइबार सम्ममाबीमा कम्पनीहरुमा प्राप्त भएको सबै दावीहरु मध्ये नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर टेष्ट परीक्षण प्राप्त भएका दावीहरुलाई समितिबाट जारी गरिएको ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ बमोजिम सात दिनभित्र भुक्तानी दिने व्यवस्था गर्नु’ बीमा समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । तर निजी क्षेत्रमा भएका परीक्षणकाे रिपाेर्टकाे बीमा दावी नलाग्ने बीमा समितिकाे अढान रहेकाे छ । काेराेना बीमा गर्दा बीमा शुल्कमा सरकारकाे ५० प्रतिशत अनुदान रहेकाे, सरकारी कर्मचारीकाे बीमा गर्दा सरकार पुरै बीमा शुल्क तिरेकाे, काेराना बीमामा सरकारी राजश्व समेत परेकाे र अर्थमन्त्रालयकाे सहमतिमा बीमा समितिले काेराेना बीमा मापदण्ड बनाएकाे बीमा समितिले बताएकाे छ । [pdf id=235849]