लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक सय २६ वटा आवेदनहरु रितपूर्वक नभएकोले रद्द गरिएको छ । बाँकी एक लाख ८८ हजार ३ सय ७३ वटा आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । सो मध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति सेयर पाएका छन् । एक लाख ५१ हजार ८ सय १५ जना आवेदकलाई उनीहरुले माग गरेबमोजिम २२ लाख ८ हजार ८ सय ९० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यसैगरी ४० देखि १५ हजार कित्तासम्म माग गर्ने ३६ हजार ५ सय ९८ जना आवेदकलाई ३० कित्ताका दरले बाँडफाँड गरिएको छ । उनीहरुलाई जम्मा १० लाख ९६ हजार ७ सय ४० कित्ता सेयर बाँडफाँड गरिएको हो । र, यसरी बाँडफाँड गर्दा बाँकी रहेको २ लाख ५६ हजार २ सय कित्ता सेयर ४० देखि १५ हजार कित्ता माग गर्ने आवेदकहरुलाई थप १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ । यससँगै, २५ हजार ६ सय ३० जना आवेदकले कम्पनीको कूल ४० कित्ता सेयर हात पारेका छन् । तीन वटा आयोजना रहेको कम्पनीले निकट भविष्यमा विद्युत् उत्पादन गर्ने र प्रतिवद्धता गरे अनुसारको लाभांश वितरण गर्ने जनाएको छ । सम्बन्धित समाचारः लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ
ज्योति लाईफको बोनस दर न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म
काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनिले अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । कम्पनिले सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ । साथै कम्पनिले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ । त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।
बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम: निःशुल्क उपचार र सस्ताेमा औषधि पाएपछि स्थानिय खुशी
बाँके । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन् । राजापुर नगरपालिका—४ निवासी लक्ष्मी थारुले भने, “सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ ।” राजापुर स्वास्थ्य चौकीमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरे । स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताए । राजापुर नगरपालिका—४ को वीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको छ ।