सोल्टी होटलको पुस १५ गतेदेखि बुक क्लोज

काठमाडौं । सोल्टी होटलको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि होटलले सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ३ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको ४६औं वार्षिक साधारणसभा आगामी पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्च्युअल माध्यमबाट हुने भएको छ ।

लाभांश पारित गर्न एनएमबि लघुवित्तले पुस २७ गते बाेलायाे वार्षिक साधारणसभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, सभाले कुनै संस्थासँग गाभ्ने तथा गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ । यससँगै, पुस १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश सहित साधारणसभामा भाग लिन पाउने छन् ।

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश घोषणा गरेको हो । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद(कर सहित) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् । हाल लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट पनि सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा बोनसदर १५ प्रतिशत र नगद ५ प्रतिशत रहेको थियो । हाल प्रस्तावित लाभांशमा बोनसदर बढेको छ भने नगद लाभांश घटेको छ ।