प्राइम लाइफ इन्स्योरेन्सको पुस १७ गते बुक क्लोज

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सको आगामी पुस १७ गते शुक्रबार बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त एकदिन बुक क्लोज हुने लागेको हो । यससँगै पुस १६ गते बिहीबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । र, उनीहरू कम्पनीकाे सभामा भाग लिन याेग्य हुने छन् । कम्पनीको १३औं वार्षिक साधारणसभा आगामी पुस २७ गते बस्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एजीएम पुस २९ गते

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा (एजीएम) पुस २९ गते हुने भएको छ । कम्पनीले लाभांश प्रस्तावलाई पारित गर्न सो दिन आफ्नो २६औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत बानेस र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । जसलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सम्बन्धित समाचारः श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे लाभांश घाेषणा  

मेरो माइक्रोफाइनान्स लघुवित्त साधारणसभामा जाँदै, पुस १७ गतेदेखि बुक क्लाेज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी पुस २८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे होटल वाटर टावर, बट्टार, नुवाकोटको सभाकक्षमा बस्न लागेको हो । सभाले सेयरधनीलाई १७.८३१५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुने छ । सम्बन्धित समाचारः मेरो माइक्रोफाइनान्स लघुवित्तले १७.८३ प्रतिशत लाभांश दिने, बाेनस कति ?