काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद(कर सहित) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।
हाल लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट पनि सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा बोनसदर १५ प्रतिशत र नगद ५ प्रतिशत रहेको थियो ।
हाल प्रस्तावित लाभांशमा बोनसदर बढेको छ भने नगद लाभांश घटेको छ ।