लाभांश पारित गर्न एनएमबि लघुवित्तले पुस २७ गते बाेलायाे वार्षिक साधारणसभा

<p>काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको [&hellip;]</p>

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

त्यस्तै, सभाले कुनै संस्थासँग गाभ्ने तथा गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ । यससँगै, पुस १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश सहित साधारणसभामा भाग लिन पाउने छन् ।

Share News