दोश्रो दिन पनि माउन्टेन इनर्जीको सेयर मूल्यमा सर्किट
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको दोश्रो दिन पनि माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । पुस १ गते बुधबारदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको हो । पुस २ गते बिहीबार कारोबार शुरु भएको केहि समयमै कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर सर्किट लागेको हो । जुन अघिल्लो दिनकाे कारोबारको तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१५ रुपैयाँ पुगेको छ । बिहीबारको बजारमा कम्पनीको शुरुवाती सेयर मूल्य प्रतिकित्ता ३७८ रुपैयाँ रहेको थियो । अघिल्लो दिन बुधबारको बजारमा पनि कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर सर्किट लागेको थियो । बुधबारजस्तै बिहीबारको बजारमा पनि सेयर बेच्न इच्छुक कोही छैनन् । उता खरिद अडर दिनेको भने चाप देखिएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीको ८१ हजार ८४२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । सम्बन्धित समाचार कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?
चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने म्याद सकियाे, कतिले भरे सेयर ?
काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) आवेदन दिने म्याद आजबाट सकिएकाे छ । संस्थाले आयोजना प्रभावित क्षेत्रका स्थानीयकाे लागि बिक्री खुला गरेकाे उक्त सेयरमा माग भन्दा बढी आवेदन परेकाले ताेकिएकाे छिटाे मितिमै सेयर निष्काशन बन्द गरिएकाे हाे । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा १६ कराेड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार पुस १ गते बुधबार साँझ ५ बजेसम्ममा ४ हजार ८१४ आवेदकले १६ लाख ८५ हजार ५३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा करिब साढे ५ गुणा बढी हाे । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । उनीहरूले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन खुला गर्ने भएकाे थियाे ।
तीन दिनमै करिब ९ लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरिरहेको प्राथमिक सेयर(आईपीओ) हालसम्म करिब ९ लाख जनाले आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार साढे ४ बजेसम्ममा ८ लाख ९२ हजार ८२४ जना आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिइसकेका छन् । तीन दिनको अवधिमा सो मात्राको आवेदन हालसम्मकै उच्च हो । गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ४८ करोड रुपैयाँ बराबर अर्थात २ करोड ४८ लाख १६ हजार ६७० कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा साढे ४ गुणा बढी आवेदन हाे । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे हाे । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरी र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यो अवधिभित्र सबै आईपीओ बिक्री नभएमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ । इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ । सम्बन्धित समाचारः ६० करोडको आईपीओ जारी गरिरहेको प्रभु लाइफमा सेयर हाल्नु कत्तिको उचित ? प्रभु लाइफका २२२ कर्मचारीलाई ३ करोडको आइपिओ, कसले कति कित्ता पाउँछन् ?