यूएईको अलफर्दान एक्सचेन्जबाट इसेवामा पैसा पठाउन सकिने

<p>काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूएईको रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले अलफर्दान एक्सचेन्जका ६५ वटा शाखाहरुबाट कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा [&hellip;]</p>

काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूएईको रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले अलफर्दान एक्सचेन्जका ६५ वटा शाखाहरुबाट कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सक्नेछन् । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने इसेवाले जनाएकाे छ ।

दुई कम्पनीबिचकाे सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुखकार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका थिए ।

 

Share News