सिंगटी हाइड्रोमा साढे १७ लाख स्थानीयले भरे आईपीओ, सर्वसाधारणका लागि कहिले खुल्छ ?
काठमाडौं । दोलखाको सिँगटी हाइड्रोपावरमा १७ लाख ५४ हजार ३ सय ५३ जना स्थानीयले आईपीओ भरेका छन् । मेगा क्यापिटल मार्केट्स लिमिटेडको निष्काशन तथा बिक्रीप्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडमा अन्तिम दिन अर्थात फागुन ३ गतेसम्म सो संख्याले सेयरका लागि आवदेन दिएका हुन् । आवेदकहरुबाट १७ करोड ४५ लाख ३५ हजार ३ सय रुपैयाँ बराबरको आवेदन परेको छ । एक सय रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका दोलखाको कालिन्चोक र बिगु गाउपालिकाका स्थानीय बासिन्दाहरुको लागि माघ ४ गतेदेखि फागुन ३ गतेसम्मका लागि आवेदन दिने समय खुल्ला गरेको थियो । यसमा संकलन केन्द्रहरु सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडको आयोजनाकार्यलय दोलखा, कालिञ्चोक गाउँपालिका –२ बाँबरे, दोलखा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सिंगटी दोलखा र नेपाल बैंक लिमिटेड ,सिंगटी दोलखा र मेगा क्यापिटलम मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौं तथा सि– आस्वा सेवामा सहभागी बैंक तथावित्तीय संस्थाहरुबाट समेत गरी जम्मा १९ हजार १ सय ९८ जनाआवेदकहरुबाट एक सय अंकित दरका सत्र करोड पैतालिस लाख पैतीस हजार तीन सय रुपैयाँ बराबरको आवेदन परेको हो । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २०.३७ प्रतिशतले बढी आवेदन परेको हो । उक्त आवेदनहरुमध्ये योग्य तथा अयोग्य आवेदन फारामहरु प्रशोधन गर्ने कार्य निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट भइरहेको बताइएको छ । अब चाडै बाँडफाँट गरी सर्वसाधारणको लागि छुट्याईएको २९ लाख शेयर निश्काशन गरिने पनि कम्पनीले बताएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना सुरु
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरे । यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्तत बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । ‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सुर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध,बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासी पुजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए । साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।
आरएमडीसी लघुवित्तद्वारा दृष्टिविहिनलाई सेतो छडी वितरण
काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लघुवित्तले काठमाडौंमा दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरेकाे छ । संस्थाले बुधबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टीविहिनहरुलाई सेतो छडी वितरण गरेकाे हाे । उक्त कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले काठमाडौं जिल्लास्थित अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विराेध खतिवडालाई १५० वटा सेतो छडी हस्तान्तरण गरेका थिए । संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ ।