बहिराले निशुल्क डिम्याट खाता खाेल्न पाउने, प्रभु क्यापिटलले ल्यायाे यस्ताे सेवा

<p>काठमाडाैं । प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा सुरु गरेकाे छ । क्यापिटलका प्रमुख व्यवसाय अधिकारी वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा दिने बताएका हुन् । शनिबार क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी दिएकाे एक दिने तालिममा उनले यस्ताे जानकारी दिएका हुन् । क्यापिटलले प्रज्ञा प्रतिष्ठानको सभाहलमा महासंघका  करिब २५० जना [&hellip;]</p>

काठमाडाैं । प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा सुरु गरेकाे छ । क्यापिटलका प्रमुख व्यवसाय अधिकारी वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा दिने बताएका हुन् ।

शनिबार क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी दिएकाे एक दिने तालिममा उनले यस्ताे जानकारी दिएका हुन् ।

क्यापिटलले प्रज्ञा प्रतिष्ठानको सभाहलमा महासंघका  करिब २५० जना सदस्यहरुलाई एक दिने तालिम दिएकाे थियाे ।  कार्यक्रमको अध्यक्ष सत्यदेवी वाग्लेले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु थप संचालन गर्दै जाने र अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान गर्ने बताएकी थिइन् ।

 

 

Share News