आइएमई र अल अहलिया एक्स्चेन्जबीच अनलाइन रेमिट्यान्स सम्झौता
काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको युएइस्थित कम्पनी अल अहलिया एक्स्चेन्ज, आइएमई र आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी ( मनी ट्रान्सफरको लागि सम्झौता भएको छ । सम्झौतापछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपालीले सिधै पैसा पाउने आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ । यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ । रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सक्नेछन् । रेमिटेन्स सेवाका लागि पर्यायवाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रबन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए । जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे ।
दोश्रो बजारमा साढे पाँच लाख लगानीकर्ता सक्रिय, लगानीकर्ताको रोजाईमा नासा सेक्युरिटिज
काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा लगानी गर्ने मध्ये साढे ५ लाख लगानीकर्ता सक्रिय रहेका छन् । फागुन ९ गतेसम्मको तथ्यांकअनुसार अनलाइन र भौतिक रुपमा गरी कुल ५ लाख ५० हजार ४०९ जना लगानीकर्ता दोश्रो बजारमा सक्रिय रहेका छन् । त्यस्तै, ३ लाख ७६ हजार २६१ जनाले दोश्रो बजारमा कारोबार गर्नको लागि अनलाईन ब्राेकर अकाउन्ट खोलेका छन् । जसमध्ये एक लाख ९५ हजार ९८९ जना मात्रै दोश्रो बजारमा अनलाइन रुपमा सक्रिय रहेका छन् । नेपालमा हाल ५० वटा ब्रोकरबाट सेयर कारोबार हुँदै आएको छ । त्यसमध्येमा ५८ नम्बर ब्रोकर अर्थात नासा सेक्यिुरिटज कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ । नासाले हालसम्म ३६ हजार ३२७ जनालाई अनलाइन सेवा अर्थात आईडी पासवर्ड उपलब्ध गराएको छ । त्यसमध्ये १७ हजार ९७७ जना लगानीकर्ता सक्रिय रहेका छन् भने भाैतिक र अनलाइन दुबै गरी कुल २७ हजार ६२५ जनाले नासा मार्फत दोश्रो बजारमा सेयर किनबेच गरिरहेका छन् । त्यस्तै, सबैभन्दा कम आइडी पासवर्ड उपलब्ध गराउनेमा १८ नम्बर ब्रोकर सगरमाथा सेक्यिुरिटज रहेको छ । ब्रोकरले हालसम्म ३ हजार ८९७ लाई उक्त सेवा दिएको छ । त्यस्तै, ५९३ जनाले मात्रै ब्रोकरको अनलाइन सेवा लिएका छन् । त्यसमा पनि ३५५ जना मात्रै दोश्रो बजारमा कारोबार गर्नको लागि सक्रिय रहेका छन् । अन्य कुनमा कति ?
अपि पावरसहित तीन हाइड्रोको सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन हाइड्रो कम्पनीको सेयर सूचीकृत भएको छ । आज(फागुन ९ गते) एकैदिन सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनी सानिमा माई हाइड्रो र रिडी हाइड्रोको बोनस र अपि पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सानिमा माइको १० प्रतिशित अर्थात २५ लाख ५३ हजार १०० कित्ता बोनस सेयर थपिएको हाे । त्यस्तै, रिडी हाइड्रोको ५ प्रतिशत अर्थात २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे । त्यसैगरी, अपि पावरको सबैभन्दा बढी अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यससँगै यी तीन वटै कम्पनीको सो मात्राको सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।