महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्ष रमण शर्माले लिए सपथ
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेल, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइ लगायतकाे उपस्थिति रहेकाे थियाे । उक्त इन्स्योरेन्सको नव निर्वाचित संचालकहरुको साेमबार बसेको बैठकले संचालक शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको थियाे । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । सम्बन्धित समाचार महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित
सिभिल लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी कुल ३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पारित गरेको उक्त लाभांश संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३.५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।
कोरोना बीमा भुक्तानीको लागि पुनर्बीमा कम्पनीले दियो १ अर्ब, १ अर्ब दिने तयारीमा बीमा समिति
काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो । दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले समयमै रकम नपाएपछि समितिले ताकेता गरी पुनर्बीमा कम्पनीलाई रकम हाल्न लगाएको हो । पुनर्बीमा कम्पनीले हाल्नुपर्ने सबै रकम अब हालिसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । यस्तै, समितिले पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको छ । समितिले १ अर्ब रुपैयाँ पुलमा हाल्ने भनिएको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिले दिएको जानकारी अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब १ अर्ब रुपैयाँ उठेको छ । त्यसपछि निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले आफ्नो महावित्ती कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको छ । यस्तो रकम पनि करिब १ अर्ब रुपैयाँ हुने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि पुनर्बीमा कम्पनी र त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि बीमा समितिले रकम प्रदान गर्ने भनिएको छ । सोभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व व्यहोर्ने भनिएको छ ।