आरएमडीसी लघुवित्तद्वारा दृष्टिविहिनलाई सेतो छडी वितरण

<p>काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लघुवित्तले काठमाडौंमा दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरेकाे छ । संस्थाले बुधबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  दृष्टीविहिनहरुलाई सेतो छडी वितरण गरेकाे हाे । उक्त कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले काठमाडौं जिल्लास्थित अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विराेध खतिवडालाई १५० वटा सेतो छडी हस्तान्तरण गरेका थिए । संस्थाले साझेदार संस्थाहरु मार्फत [&hellip;]</p>

काठमाडाैं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लघुवित्तले काठमाडौंमा दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरेकाे छ । संस्थाले बुधबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  दृष्टीविहिनहरुलाई सेतो छडी वितरण गरेकाे हाे ।

उक्त कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले काठमाडौं जिल्लास्थित अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विराेध खतिवडालाई १५० वटा सेतो छडी हस्तान्तरण गरेका थिए ।

संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ ।

 

Share News